
सत्तारूढ नेकपाका युवा र विद्यार्थीले भर्ना महाअभियान चलाउने
काठमाडौं , ६ बैसाख –
सत्तारूढ दल नेकपा सम्वद्व युवा र विद्यार्थी संगठनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाकाे लागि महाअभियान सञ्चालन गर्ने भएका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भईरहेकाे वेला उनीहरूले एक ईकाईले १ विद्यालय जिम्मा लिएर विद्यार्थी भर्नाकाे अभियान चलाउन निर्देशन दिएका छन् ।

पुर्व माअाेवादी केन्द्र निकट वाइसीएल अध्यक्ष रामप्रसाद सनपकाेटा दिपशिखा र अखिल क्रान्तिकारी कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेत तथा पुर्व एमाले निकट युवा संघ अध्यक्ष रमेशकुमार पाैडेल र अनेरास्ववियु अध्यक्ष नविना लामाले संयुक्तरूपमा निर्देशन र अपील जारी गर्दै उक्त घाेषणा गरेका हुन् ।
