नेपाली स्याटलाइट प्रक्षेपणमा उपराष्ट्रपति खुशी, दिए बधाइ र शुभकामना
काठमाडाैं, ५ बैसाख
नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण भएकोमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले खुसी व्यक्त गरेका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले एक सन्देश जारी गर्दै नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुसी व्यक्त गरेका हुन्।
बिहीबार बिहान नेपाली समयअनुसार २ः३१ मिनेटमा नेपालको पहिलो भू–उपग्रह ९न्यानो स्याटेलाइट० ‘नेपाली स्याट–१’ अन्तरिक्षतर्फ पठाइएको थियो। अमेरिकाको भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा सो भू–उपग्रह प्रक्षेपण गरिएको थियो।
नेपाली भू–उपग्रहको निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितको टोलीले गरेको हो। ‘सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुसी र गौरवको कुरा हो,’ उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु।’
उनले यो प्रक्षेपण पूर्ण सफल हुने आसा व्यक्त गर्दै आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुलाई शुभकामना समेत दिएका छन्।
हेर्नुहोस उनको सन्देश
उपराष्ट्रपतिको नीजि सचिवालय
काठमाडौं नेपाल
नेपालको भू–उपग्रह प्रक्षेपणपछि सम्माननीय उपराष्ट्रपतिज्यूको सन्देश
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूले आज ९बिहीबार० विहान २ः३१ बजे नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुशी व्यक्त गर्नुभएको छ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको अवसरमा उहाँले दिनु भएको सन्देश ।
सन्देश
‘आज (बिहीबार) विहान २ः३१ बजे नेपालको पहिलो भू–उपग्रह ९न्यानो स्याटेलाइट० ‘नेपाली स्याट–१’ अन्तरिक्षतर्फ पठाइएकोमा ज्यादै खुशी लागेको छ । यससँगै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ । सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुशी र गौरवको कुरा हो । यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु ।
यो सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) र नेपाली वैज्ञानिकहरुलाई म धन्यवाद दिन चाहन्छु । यो प्रक्षेपण पूर्ण सफल हुने अपेक्षा सहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुमा शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद
आज्ञाले
……………………….
(मनोज घर्तीमगर)
प्रेस संयोजक