
पोर्चुगलमा भएको खेलमा वेल्जीयम टिम विजयी, पायो यस्तो उपाधी
काठमाडौं, ४ बैसाख ।
एनआरएन पोर्चुगलको आयोजनामा सम्पन्न यूरोपस्तरीय नेपाली फूटवल प्रतियोगितामा एन आर एन बेल्जियमले विजय हासिल गरेको छ ।

गैर आवासिय नेपाली संघ पर्तुगलले आयोजना गरेको नेपाली नया बर्ष २०७६ र दोस्रो नेपाल फ़ेस्टीवलका अवसरका आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताको उपाधि समेत बेल्जीयमको टिमले हात पार्न सफल भएको छ ।

बेल्जीयमको प्रतिनिधित्व गर्दै सन्तोष पौडेलले नेतृत्व गरेको सहभागी टीमले प्रथम स्थान हासिल गर्न सफल भएपछि गैर आवासिय नेपाल संघ वेल्जीयमले बधाई ज्ञापन गरेको छ ।

प्रतियोगितामा प्रथम स्थान सँगै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताको उपाधि समेत हात पार्न सफल टीम र खेलाडीहरुलाई एनआरएन बेल्जियम हार्दिक बधाई ज्ञापन गर्दछ । एनआरएन बेल्जीयमका अध्यक्ष लोक दाहालले विज्ञप्तीमार्फत विजयी टिमलाई बधाई ज्ञापन गरेका छन् ।

