मंगलबारदेखि फेरि देशभर हावाहुरी र वर्षा, बुधबार पनि नराेकिने
काठमाडौं, ४ बैसाख ।
मंगलबार बेलुकादेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बेलुका देशका अधिकांश स्थानमा ठूलो हावाहुरीसहित वर्षा भएको छ । “यो सामान्य अवस्था होइन,” मौसमविद् शान्ति कँडेलले भनिन्, “अहिले धेरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ । काठमाडौंसहित जुम्ला, सुर्खेत र पूर्वमा धनकुटासम्म मौसममा बदली देखिएको छ ।”
तराईमा हावाहुरी बढी रहेको छ । “यो असामान्य हो,” उनले भनिन्, “भोलि बुधबार पनि आउने सम्भावना छ ।” देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।