नेपाली धनी बन्न देश धनी हुनुपर्छ : प्रचण्ड

चितवन, २८ चैत ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धनी बन्न देश धनी हुनुपर्ने बताएका छन् ।

देश धनी भयो भने धनी नेपाली भनेर विश्वले चिन्ने र सम्मान गर्ने प्रचण्डको भनाई छ।

बिहीबार चितवनको भरतपुर महानगरपालिका–४ लंकूमा जेम्स वर्ल्ड फन पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जति सुकै धन कामाए पनि देश गरिब छ भने नेपाली गरिब नै भनेर चिनिने तर्क गरे ।

एउटा मान्छे धनी भएर देश धनी हुन सक्दैन,प्रचण्डले भने थोरै गरिब भयो भनेपनि देश धनी भयो भने धनी नेपाली भनेर विश्वले चिन्छ, सम्मान गर्छ । नेपाली धनी बन्न देश धनी हुनुपर्छ ।’

अध्यक्ष प्रचण्डले सरकारको मुख्य एजेण्डा विकास र समृद्धि भएकाले नेपाली जनताले देशमा उत्पादन वृद्धि र रोजगारीको सिर्जना होस् भन्ने चाहेको बताए ।

जनताले देशमा आर्थिक विकासको नयाँ युग चाहेका छन्, उनले भने –देशमा रोजगारीको सिर्जना होस् र देशमै फर्किएर उन्नती गर्न पाईयोस् भन्ने विदेश गएका नेपालीको चाहाना छ । त्यसै अनुसार यो सरकार अघि बढेको छ ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकार र नेकपाले संवैधानिक, कानुनी पूर्वाधार तयार गर्ने कुरा र विकास र समृद्धिलाई अगाडि लैजाने कुरामा निरन्तर मिहिनेत गरिरहेको जानकारी दिनुभयो । उहाँले देशको विकास र समृद्धि सहमति र सहकार्यबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो ।

मैले संसदमा पहिलो पटक प्रदेश र सघंको निर्वाचनपछि भनेको थिए, उहाँले भन्नुभयो,‘नेपालमा जे जति राजनीतिक परिवर्तन र राजनीतिक स्थायीत्वको स्थीती बनेको छ, त्यो राष्ट्रिय सहमतिबाटै बनेको छ । राजनीतिक सहमतिले मात्रै हामीले ठुला–ठुला परिवर्तन गर्न सकेका हौँ ।’

प्रचण्डले मुलुकमा भएका पञ्चायत विरोधी अन्दोलन, ०६२र६३ को जनअन्दोलन, शान्ति सम्झौता, शान्ति प्रकृया, अहिलेको संघिय गणतन्त्र पनि राष्ट्रिय समझदारी र सहमतिबाटै बनेको स्मरण गराउँदै त्यसको लािग प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत महत्वपूर्ण भुमिका रहेको बताए । । उनले वर्तमान सरकार नेपाली कांग्रेससँग सहकार्य र सम्झदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न चाहेको बताए। अबको दश वर्षभित्र देशमा समृद्धिका ठुल–ठुला रेकर्डहरु बन्ने प्रचण्डको भनाई थियो ।

यस अघि चिवनकै अर्को कार्यक्रममा सम्बोधन गर्दै प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सहमतिमा आउन प्रमुख विपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका थिए् । उनले आम नेपालीको चाहाना समृद्धि र सुखी नेपाली होस् भन्ने रहेकाले पनि सरकार त्यसतर्फ अग्रसर रहेको बताए।

चितवनमा आयोजित कार्यक्रममा उनले धेरै ठुला परिवर्तनहरु सहमति र सम्झौताबाटै भएकाले विकास र समृद्धि पनि राष्ट्रिय सहमतिबाटै गर्नुपर्नेमा जोड दिएका थिए।

म नेपाली कांग्रेसका साथीहरुलाई भन्न चाहान्छु, हामीले ऐतिहासिक सहमति र सम्झौताद्धारा ठुला ठुला कुराबाट पुरा गरेका छौं, आउने दिनमा विकास र समृद्धिको यात्रा पनि हामी सहमति र समझदारीबाटै अगाडी बढाउनु छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो । उहाले नेपालका सबै परिवर्तन राष्ट्रिय सहमतिबाटै बनेको स्मरण गर्दै आम नेपालीले उत्पादन वृद्धि र रोजगारी श्रृष्टी गर्ने कुरा खोजिरहेका बताए ।

साथै अध्यक्ष प्रचण्डले नेपाल सम्भावना नै सम्भावनाको देश भएकाले युवाहरुलाई नेपालमा नै बसेर काम गर्न समेत आव्हान गरेका छन् ।