
घुस लिने श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटाइयाे
काठमाडौं, २७ चैत ।
घुस लिँदालिँदै रंगेहात पक्राउ परेका भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटेको छ । श्रेष्ठलाई १ वैशाखमा राष्ट्रपतिबाट जनसेवाश्री विभूषण प्रदान गर्न लागिएको थियो ।

गृह मन्त्रालयका सहसचिव महादेव पन्तले श्रेष्ठको नाम विभूषित हुनेको सूचिबाट हटाइएको जानकारी दिएका छन् । पन्तका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाले उनको नाम हटाइएको हो ।
यो विभूषण राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई दिने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भक्तपुर दरबार स्क्वायर नजिक स्वीट होम रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।
