छुट अस्थायी करार शिक्षकहरू अान्दाेलनमा : परीक्षा दिन पनि नपाएको गुनासो

 काठमाडौं, २६ चैत – अान्तरिक परीक्षामा सहभागी हुन नपाएका अस्थायी शिक्षकहरू अान्दाेलित भएका छन् । २०७२ सालदेखि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकहरू अान्दोलनमा उत्रिएका हुन् ।

स्वत्तः नभइ परीक्षा दिएर स्थायी हुन्छौं भन्ने मागसमेत सरकारले नसुने पछि छुट करार शिक्षकहरु पुनः आन्दोलित भएका हुन् ।

एकदिन अघि नियुक्ति भएका अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षा दिन पाएपनि एकदिन ढिलो हुँदासमेत छुट करार शिक्षकहरु परीक्षाबाट बञ्चित रहँदै आएका उनीहरूकाे गुनासाे छ ।

अस्थायी शिक्षकहरूले मंगलबार पनि प्रदर्शन गरे । माइतीघरदेखि बानेश्वरसम्म तुल, व्यानर र नारा जुलुशसहित प्रदर्शनमा उत्रिएका शिक्षकहरूले अाफूहरूमाथि अन्याय गरिएको बताएका छन् ।

दशौंवर्ष अस्थायी रुपमा सँगै पढाएका एकजनाले परीक्षा दिएर स्थायी हुन पाउने आफूहरुले परीक्षा दिनै नपाउने भन्दै उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन् ।


छुट करार शिक्षकलाई सरकारले परीक्षाको मौका नै नदिइ बिदा गर्न लागेको भन्दै आफूहरुको योग्यता परिक्षण गरिदिन छुटकरार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले सरकारसँग माग गरे । काेेणसभामा बाेेल्दै पराजुलीले अाफूूूहरू न्याय नपाएका कारण अान्दोलनमा उत्र्रिएको बतााए।

अाफूहरुको योग्यता परिक्षण बिनै बिदा गरिन लागिएको भन्दै चैत २० गतेदेखि निर्णयक आन्दोलनको तयारीमा जुटेको पराजुलीले स्पष्ट पारे ।
आफुहरुले फागुन २७,२८ र २९ गते गरेको आन्दोलन पछि शिक्षा मन्त्रालयले वार्तामा बोलाएपनि कुनै लिखित सहमति नगरी धोका दिइएको भन्दै अब सडकमा नै वार्ता हुने पराजुलीले घाेषणा गरे ।

सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएको शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराएको थियो ।

संघर्ष समितिकी कोषाध्यक्ष अनिता थापाले आफूहरु परीक्षा दिएर स्थायी हुन्छौं भन्दा पनि परीक्षामा सहभागी नगराएर सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाइन् । एकदिन अघि नियुक्ति भएकाले आन्तरिक परीक्षा दिन पाउने, एकदिन पछिकाले नपाउने यस्तो अन्यायपूर्ण व्यवस्था हामी मान्दैनौं– थापाले भनिन् ।


राहत इसिडि शिक्षकहरुले पनि बानेश्वरमा आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले आन्तरिक परीक्षा गर्ने सहमति गरेको थियो ।