विप्लव नेकपाले राख्याे बैसाख ५ मा नेपाल बन्द (विज्ञप्तिसहित) : के गर्दैछ सरकार ?

काठमाडौं , २६ चैत –

प्रतिवन्धीत विप्लव समूहको नेकपाले वर्तमान सरकारको चर्को आलोचना गर्दे नेपाल बन्दको आह्वान गरेको छ ।

सोमबार बिज्ञप्ती जारी गर्दे नेकपाका महासचिव विप्लवले प्रधानमन्त्री केपी ओली सरकार र राम बहादुर थापा नेतृत्वको गृह प्रशासनले  पार्टीमाथि गरेको प्रतिबन्ध र दमनको विरोध गर्दै नेपाल वन्द आह्वान गरेको हो ।

नेकपाले चैत्र २६ गतेदेखि बैशाख ६ गतेसम्म बिभिन्न विरोधका कार्यक्रमको समेत घोषणा गरेको छ, जसअनुसार चैत्र २९ गते सम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर, वैशाख २ गते — कोण सभा, वैशाख ३ गते — अन्तरक्रिया, वैशाख ४ गते — मशाल जुलुस, वैशाख ५ गते — नेपाल बन्द र  वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गर्ने लगाएत छन् । 

विप्लवले ओली सरकारको प्रतिबन्धलाई  नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी भनेका छन् ।

सरकारले विप्लव नेकपाकाे गतिविधि गैर राजनीतिक भएको दावी गर्दै जनवर्गीय संगठनका नेता कार्यकर्तालाई समेत निगरानीमा राख्ने तथा धरपकड गरिरहेकाे छ । गृह मन्त्रालयले विप्लव नेकपामाथि पुरै निगरानी र बन्देज गरि देशमा शान्ति र अमन चयनकाे वातावरण कायम गर्न कडा रूपले प्रस्तुत हुने बताएको छ ।