टाेर्नाडाे पीडितलाई एनअारएन बेल्जियमले पठायाे नगद राहत

बारा र पर्साका हावाहुरी र पीडितहरुको सहयोगार्थ एनआरएन बेल्जियमले पठयो राहत रकम ।


बेल्जियम, २५ चैैैत – गैर अावासिय नेपाली संंघ बेल्जियमलेे नगद राहत रकम पठाएको छ । संघले बेल्जियम रहेका नेपाली हरू र संंघकाे अान्तरिक काेेषकाे रकम गरि राहत रकम पठाएको संघका लाेक दाहालले जानकारी दिनुभएको छ ।

हालै मात्र नेपालको बारा र पर्सा जिल्लामा हावाहुरी र आँधीवेहरीबाट हुन गएको जनधनको क्षति र सो प्राकृतिक विपत्तिबाट पीडित परिवारहरुको स्वास्थ्योपचार, तत्कालीन राहत र पुनर्वासको सहयोगका लागि गै्रह्र आवासीय सँघ केन्द्रीय समितिको आपतकालीन कोष मार्फत परिचालन हुनेगरी १७००,०० सत्रसय यूरो बैंकमा दाखिला गराईएकाे दाहालले बताउनुभयो । उहाँले बैकमा दाखिला हुदा अनुमानित २०४०००,०० (दुईलाख चार हजार रुपयाँ) र ३९,९३ यूरो बैंक शुल्क गरी १७३९,९३ यूरो गै्रह्र आवासीय नेपाली सँघ केन्द्रको आपतकालीन कोषको बैंक खातामा बैंकमार्फत ८ अप्रिलमा गै्रह्र आवासीय नेपाली सँघ बेल्जियमले पठाएको जानकारी दिनुभयो ।
उपरोक्त रकम मध्ये एनआरएन बेल्जियमको आव्हानमा बेल्जियम निवासी पेम्वादोर्जी शेर्पा २५० यूरो, रमेश कडेल १०० यूरो, लोक दाहाल ३०० यूरो, आड.माया लामा १०० यूरो, कमल पन्थी ब्रुज १०० यूरो, पदम गुरुड. २०० यूरो, दिपक न्यौपाने ५० यूरो, जानका डाँगी ५० यूरो, जयराम केसी ५० यूरो र अनन्त पाठक ५० यूरो गरी १२५० सय यूरो उल्लेखित व्यक्तिहरुको योगदान र बाँकी रकम एनआरएन बेल्जियमको कोषबाट प्रयोग भएको छ ।


नेपालका प्राकृतिक विपत्तिहरुमा एनआरएन बेल्जियमले तदारुकताका साथ सहयोग गर्दै आईरहेको छ । यस अघि महा विनाशकारी भुकम्प, बाढीपीडितलाई पनि सहयोग गरेको ।