
धरानमा बस दुर्घटना, ४ को मृत्यु, ३५ घाइते
काठमाडौं, २५ चैत ।
सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
