
सत्ता विमुख कम्युनिस्ट एक हाेअाैं – वैद्य
काठमाडौं , २५ चैत –
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने बताएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सत्तारूढ नेकपालाई सरकारी कम्युनिस्ट नामको संज्ञा दिए । उनले नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह, गोपाल किराँती लगायतलाई एकीकरणको मोर्चा आउन उनले आग्रह गरेका हुन् ।
‘समय एकै किसिमको हुँदैन, समय अनुसार चुनावलाई कहिले उपयोग र कहिले बहिष्कार गर्नुपर्छ’ उनले भने, ‘आवश्यक परे चुनावलाई उपयोग गर्नुपर्छ, आवश्यकता नभए बहिष्कार गर्नुपर्छ, त्यसै सबैले एक स्थानमा आउनुपर्छ, यो समयको माग हो ।’ विप्लव, सिंह किराँतीलाई व्यक्तिगत रूपमा भेटेर भए पनि उनले पार्टी एकीकरण अभियानलाई अघि सार्ने बताए ।
