विद्यालय र प्रहरीले एकै मञ्चमा गरे यस्ता कार्यक्रम

ओखलढुंगा, २१ चैत-

चिसंखुगढी गाउपालिका वार्ड न ३ स्थित खानिभन्ज्यांग श्रि नमुना ईंग्लिश बोर्डिङ स्कुलको नवनिर्मित भवन उद्घाटन प्रमुख अतिथि प्रदेश शभाका सदस्य माननिय अम्मिरबाबु गुरुङले गर्नु भयो ।

त्यसैगरि नेपाल प्रहरीको प्रहरी चौकी खानिभन्ज्यांग लाई प्रहरी चौकी भवन निर्माणको लागि ३ रोपनि जग्गा प्रदान गर्नु हुने स्वर्गीय दल ब.थापाका धर्म पत्नि श्रिमति पद्म कुमारी थापा ,सुपुत्रहरू भक्त ब.थापा ,टेक बहादुर थापा ,बुहारी देब कुमारी थापा र नाति अशोककुमार थापा लगाएत लाई जिल्ला प्रहरी कार्यलयले आयोजना गरेको सम्मान प्रदेश शभा सदस्य माननिय अम्बिरबाबु गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।


नमुना ईंग्लिश बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा संविधानसभाको पुर्व सदस्य ने.क.पा नेता बालकृष्ण ढुंगेलको र प्रमुख जिल्ला अधिकारी गणेश आचर्यको बिशेश अतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी ओखलढुंगाका प्रमुख पुस्प मल्ल ,शसस्त्र प्रहरी गुल्म ओखलढुंगाका प्रमुख रामचन्द्र थापा ,रास्ट्रिय अनुसन्धान बिभाग ओखलढुंगाका प्रमुख सुवास भट्टराई ,चिसंखुगढी गा .पा प्रमुख निशान्त शर्मा ,ने.क.पा ओखलढुंगाका नेता राम कुमार कार्की , युवा नेता रुपेश शाक्य र चिसंखुगढी गा .पा . साथै सि .न.पा .वार्ड अध्यक्षहरू तथा बिशिस्ट ब्यक्तित्वको अतिथ्य रहेको थियो ।कार्यक्रमको आयोजना नमुना ईंग्लिश बोर्डिङ स्कुलले गरेता पनि नेपाल प्रहरीले पनि त्यहि मन्चलाई उपयोग गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिप्रदेश शभा सदस्य अम्बिर बाबु गुरूङले बिकट पाहाडि जिल्ला ओखलढुंगाको खानिभन्ज्यागंमा बोर्डिङ स्कुल सन्चालन गर्नु आफैमा चुनैति पुर्ण रहेको २ वर्ष अगाडि आफु यस ढाउमा आउदा बासले बनाएको स्कुलमा बच्चाहरू पढिरहेको देख्दा साह्रै नरमाइलो लागेको र आफुले स्कुल सन्चालक अशोक थापालाई धन्यवाद दिदै ब्यबस्थित तरिकाले स्कुल सन्चालन गर्न सुझाव दिई अपांग ,गरिब र जेहेन्दार विधार्थीलाई छात्रवृत्ति प्रदान गर्न रू ५ लाखको अक्षयकोष खडा गरिदियको र उक्त अक्षयकोषबाट प्रत्येक बर्ष १० जना बालबालिकाले छात्रवृत्ति पाईरहेकोमा अब १५ जनालाई पुग्ने गरि अक्षयकोष मा रकम थपिदिने घोषणा गर्नु भयो ।

त्यसैगरि नेपाल प्रहरीको भबन निर्माणका लागि ३ रोपनी जग्गा प्रदान गर्ने स्वर्गिय दल ब.थापाकी धर्म पत्नि र छोराहरूलाई धन्यवाद दिदै नेपाल प्रहरीले राम्रोसँग भबन निर्माण गर‍ोस् अहिले प्राप्त बजेटमा नपुग देखिएमा आफुले पहल गरि बजेट थपिदिने आश्वासन पनि दिनु भयो ।

उक्त कार्यक्रममा बल्दै चिसंखुगढी गाउपालिकाले प्रक्रिया नपुर्याई गरिएको गिटी बलुवाको ठेक्का रद्द भएकोमा धन्यवाद दिंदै सडक बिस्तारको लागि गाउपालिकामा आएको १ करोड ३६ लाख बजेटको पनि ठेक्का प्रक्रियाबाट नै राम्रो गरि निर्माण सम्पन्न गर्न निर्देशन दिनु भयो ।

यहि कार्यक्रमका बिशिस्ट अतिथि ने .क .पा .नेता बालकृष्ण ढुंगेलले शहिद क्याटेन यज्ञ ब.थापा कुनै पार्टीको नेता नभएर गणतन्त्रको लागि लड्नु भएको गणतन्त्र सेनानी हुनहुन्थ्यो उहाँको जन्मथलोमा आज मन्तब्य राख्न आयोजकले निम्ता गरेकोमा गौरबका स-धन्यवाद दिदै राम्रो स्कुलमा बालबच्चा पढाउनकै लागि सहर छिर्ने बाताबरणको यो स्कुलले अन्तय गरिदिकोमा सन्चालकलाई धन्यवाद दिनु भयो ।

स्कुलका शिक्षकहरूले बिधार्थीलाई पढाउने होइन सिकाउने गर्नुहुन सुझाव पनि दिनु भयो साथै माओवादी जनयुद्धको कारण ध्वस्त भएको भबनको पुनर्निर्माणको लागि माओवादी जनयुद्धमा सामेल भएको परिवारबाट नै जग्गा प्रदान गरिनु संयोग मात्रै नभएर बिकास र परिवर्तनको लागि ने.क.पा .हरेक सदस्यीय र शुभचिन्तक समर्थक उतिकै चिन्तित र प्रयत्नशील रहेको देखिन्छ भन्दै जग्गा दातालाई बिशेश धन्यवाद दिदै सुबिधा सम्पन्न ठाउँमा जग्गा प्राप्त भएकोले राम्रो भबन निर्माण गर्न सुझाव दिनु भयो ।

कार्यक्रमका अर्का अतिथि ने.क.पा ओखलढुंगाका नेता राम कुमार कार्कीले स्कुल खोल्न पहलकदमी लिनुहुने संथापक टेकराज भट्टराई र भक्त ब.थापा लगाएतका १७जना संस्थापक हरूलाई धन्यवाद दिदै हाल एकल संचालक अशोककुमार थापालाई सबैले शहर बजार ताकिरहेको बखत आट गरेर जन्म भुमिमै शिक्षाक्षेत्रमा लगानी गरेकोमा बधाई दिनु भयो । यसबाट आफ्नो जन्मथलोमा लगानी गरि स्थानीयलाई रोजगारी ,शिक्षा ,स्वास्थ र सुबिधा दिलाउन अरूलाई पनि प्रेरणादायी भएको बताउनु हुदै देश बिदेशमा रहेका बुद्धिजीवी ,व्यवसायीहरूलाई गाउँमै लगानी गर्न आह्वान गर्नु भयो ।

त्यसैगरी प्रहरी चौकी लाई जग्गा प्रदान गर्नु हुने स्वर्गिय दल ब. थापाका सपिवारलाई बिशेश धन्यवाद दिदै १५ बेडको हस्पिटल निर्माणको लागि पनि यसै गरि सहयोग गरि हौसला बढाई दिनु हुन अनुरोध गर्नु भयो ।


कार्यक्रममा बिधार्थीहरूले बिभिन्न नाचगान ,कबिता वादबिवाद प्रस्तुत गरेका थिय । स्कुलले बार्षिक नतिजा पनि प्रकासित गरेको उक्त कार्यक्रममा प्रथम, द्दितिय र तृतिय हुने बिधार्थीहरूलाई बिभिन्न पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा बिधार्थीहरूले बिभिन्न नाचगान ,कबिता वादबिवाद प्रस्तुत गरेका थिय । स्कुलले बार्षिक नतिजा पनि प्रकासित गरेको उक्त कार्यक्रममा प्रथम, द्दितिय र तृतिय हुने बिधार्थीहरूलाई बिभिन्न पुरस्कार पनि प्रदान गरिएको थियो ।१२ कोठे भवन निर्माण गरेको उक्त स्कुलले हाल कक्षा ५ सम्म पढाईरहेकोमा यस वर्ष देखि कक्षा ६ सन्चालन गर्ने र केही वर्ष भित्र १२ कक्षा सम्म नै सन्चालन गर्ने जनाएको छ।