
डा.भट्टराईले अाँधी पीडितलाई अाधा महिनाकाे तलब दिने घाेषणा
काठमाडौं , २० –
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, ‘बारा-पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दु:खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागि पर्न जरूरी छ।’
संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला/प्रदेशका पार्टी युनिटलाई उद्धार/राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्। त्यसैगरी राहत/पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यले आ-आफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधैं वा आ-आफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन्।
उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उनले दिएका छन्।
