
घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था हाेस् : प्रचण्ड
काठमाडाै, १८ चैत –
पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट पीडित बारा र पर्साका घाइतेहरूकाे निशुल्क उपचारकाे व्यवस्था गर्न माग गरेका छन् ।

साेमबार एक विज्ञप्ती जारी गर्दै प्रचण्डले ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गरेका हुन् ।
बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछु ।
ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।
मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।
प्रचण्ड अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
