
प्रदेश २ मन्त्रिपरिषद निर्णय : मृतकलाई ३ लाख, घाइतेको उपचार खर्च व्यहाेर्ने
काठमाडौं , १८ चैत –
बारा लगायतका तराईका जिल्लामा अाएकाे ज्यानमारा हावाहुरी प्रकाेपपछि प्रदेश २ काे मन्त्रिपरिषदकाे अाकस्मिक बैठक बसेकाे छ ।

प्रदेश २ मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ । प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।
