
लमजुङका प्रजिअ ढकालको भव्य विदाई, नयाँ प्रजिअमा डिजन भट्टराई आउँँदै
बिमला अधिकारी/लमजुङ, १८ चैत –
एघार महिनादेखि लमजुङमा कार्यरत प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको सरुवा भएको छ ।

गृह मन्त्रालयमा सरुवा भएका प्रजिअ ढकाललाई जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीले विदाई गरेका छन् ।
आइतबार प्रजिअ कक्षामा पुगेर उहाँलाई टिका, फूल र खदाले विदाई गरिएको हो । लमजुङका सञ्चारकर्मीहरुले एक कार्यक्रमकाबीच विदाई गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य नवीनराज कुइँकेल निवर्तमान केन्द्रिय सदस्य किसान संगीत नेपाली, जिल्ला अध्यक्ष आश गुरुङलगायतले खदा लगाएर विदाई गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले लमजुङमा एघार महिनाको अवधिमा रहेर जिल्लाको शान्ति सुरक्षा र अमनचयनका लागि सक्दो काम गरेको बताउनुभयो । उहाँले पहिलो चरणमा कार्यालय व्यवस्थित बनाएको र जिल्लामा अपराध नियन्त्रण, बजार अनुगमन, सेवा प्रवाह, आपतकालिन पूर्वतयारी, निःशुल्क स्वास्थ्य शिविर, सरसफाई र वातावरण संरक्षण, घुम्ति शिविर, यातायात व्यवस्थापन, विकास निर्माणलाई तिब्रता दिएको बताउनुभयो । जिल्ला बाहिर रहेपनि जिल्लाको माया रहिरहने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य नवीनराज कुइँकेलले प्रजिअ ढकाल लमजुङ आएपछि जिल्लामा विकास निर्माणसंगै शान्तिसुरक्षाको क्षेत्रमा उपलब्धीमूलक काम भएको बताउनुभयो । जिल्ला अध्यक्ष आश गुरुङले प्रजिअ ढकालसंगको सहकार्यले सञ्चारकर्मीलाई काम गर्न सहज भएको बताउनुभयो । उहाँले ढकालकको उदाहरणीय कामको प्रशंसा गर्दै आगामि दिनमा पनि सहकार्यको लागि अनुरोध गर्नुभयो ।
लमजुङका नयाँ प्रजिअको रुपमा भने डिजन भट्टराई आउने बताईएकाे छ ।
