बारा अपडेट : मृतकको संख्या ३२ पुग्याे, घाइते ५ सय बढि, क्षति बढ्दै
काठमाडौं, १८ चैत – अकस्मात अाएकाे ज्यानमारा हावाहुरी र असिनाकाे प्रकाेपमा परि बारा र पर्सा जिल्लामा ज्यान गुमाउनेकाे संख्या ३२ पुगेकाे छ ।

अाइतबार साँझ अाएकाे हावाहुरी प्रकाेपमा परि घाइते हुनेकाे संख्या ५ सय वढि रहेकाे छ । उद्वार कार्य जारि रहँदा मृतक र घाइतेकाे संख्या थपिने क्रममा छ ।
घाइतेहरूले जिल्लामा रहेका अस्पताल भरिएका छन् । रगत अभावले उपचारमा समस्या देखिएकाे छ ।
