
बारा हावाहुरी पीडितकाे उद्वारमा खटे उपराष्ट्रपति पुत्र दिपेश पुन
बारा, १८ चैत –
बारामा अकस्मात अाएकाे ज्यानमारा हावाहुरीले दर्जनौंकाे ज्यान लिएको तथा सयौंलाई घाईते बनाएको खबरपछि उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र तथा विद्यार्थी नेता दिपेश पुन बारा पुगेका छन् ।

धनजनको क्षतिकाे समाचारले अाफू मर्माहत भएको भन्दै अखिल क्रान्तिकारी का उपाध्यक्ष पुन उद्वार र राहतकाे लागि बारा गएको उनले जानकारी दिएका छन् ।
विगतकाे भुकम्प, बाढीपीडित र शितलहरपीडितका उद्वार र राहतमा खटिएका पुनले फेसबुकमा लेखेका छन् –
विनाशकारी महा भूकम्प होस् वा केही वर्ष पहिले तराई/मधेस क्षेत्रको भिषण बाढीमा उद्वार राहत वितरण या आगलागी पिडित वस्ति वा अन्य क्षेत्रको हरेक नेपालीको पिडा आशुमा म सधै संगसंगै छु ।
अकस्मात् आज तराई /मधेसको बारा पर्सा रौटहट क्षेत्रमा भिषण हावाहुरी बर्षाले २५ भन्दा बढीको मुत्यू र सयौं घाइते भएको ख़बरले म स्तब्ध भएको छु ।
यो बेला राजधानीको तारबारभित्र मस्तसंग सुत्न र समाचार पढ्दै बस्न मेरो सोच,स्वभाव र मनले मान्दैन पनि ।संगै सम्माननीय प्रधानमन्त्रीको उद्वार कार्यमा तत्काल खट्न निर्देशनलाई मनन गर्दै हरेक नेपालीको दुख र पिडामा एकले अर्कालाई साथ र सहयोग गर्नु हामी सबैको कर्त्तव्य हो।
आज तराई/मधेसको बारा पर्सा रौटहटका नेपालीको आँशु र पिडामा संगसंगै रहेर उहाँहरुलाई सक्ने सहयोग गर्न उपलब्ध संगठनका साथीहरुसंग मध्य रात मै भएपनि वारा/पर्सा रौटहटतिर लागियो। उक्त क्षेत्रमा २ नं प्रदेशका सबै साथीहरु उद्वार कार्यमा रहेको जानकारी गर्दछु।
