कांग्रेस नेता महतले गरे विदेशीलाई क्रिकेटमा लगानी गर्न अाग्रह

काठमाडौं , १६ चैत – नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री रामशरण महतले नेपालमा लगानीको उपयुुक्त वातावरण भएको बताउँदै विदेशीलाई लगानीको लागि अाग्रह गरेका छन् ।

शुक्रबारदेखि शुरू भएको नेपाल लगानी सम्मेलनमा सम्वाेधन गर्दै उनले विदेशी लगानीकर्तालाई क्रिकेट रंगशाला निर्माणमा लगानी गर्न अाग्र गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गरेका पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले गरेको सम्बोधन पनि अहिले चर्चामा छ । विशेषगरी प्रतिपक्षी दलको प्रतिनिधिको रुपमा नेपाल लगानी सम्मेलनलाई सम्बोधन गरेका महतले सरकारको भन्दा बलियो आवाजमा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेे । नेपालमा लगानी गर्दा पाइने फाइदाका बारेमा पनि खुलेर बयान गरेे ।

नेपालमा लगानी गर्नका लागि कानुनी झण्झट सकिएको बताएका महतले र वातावरणीय हिसाबले पनि लगानीका लागि उत्तम थलो भएको बताए । उनले नेपालमा क्रिकेटको लोकप्रियता बढेसँगै ठूलो स्टेडियमको खाँचो रहेको कुरा ४० देशका ६ सय भन्दा धेरै लगानीकर्तालाई बताए । 

‘नेपाल एउटा गज्जबको क्रिकेट गन्तव्य बन्न सक्छ, त्यसैले लगानीको एउटा भाग यो पनि हुन सक्छ, अहिले भारत र पाकिस्तान शारजाहमा क्रिकेट खेल्छन्, तर नेपालमा पनि क्रिकेट स्टेडियम भएमा हिमाल हेर्दै खेल्न सकिन्छ’, पूर्व अर्थमन्त्री डा. महतले भनेे , ‘अहिले पनि केही स्टेडियम बन्दैछन् तर पर्याप्त छैन, यदि पर्याप्त क्रिकेट मैदान भएमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको हब बनाउन पनि सकिन्छ ।’