
यमुना एक्स्प्रेस राजमार्गमा दुर्घटना : ८ को मृत्यु, ३० घाइते
नोएडा, भारत, १५ चैत ।
भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको राससले जनाएको छ ।
