लगानी सम्मेलन शुरू, प्रधानमन्त्री भन्छन्–लगानीको लागि नेपाल उपयुक्त

काठमाडौँ, चैत १५ गते ।
नेपालमा तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलन शुरु भएको छ । राजधानीको सोल्टी होटलमा विहिबारदेखि शुरु भएको लगानी सम्मेलनको उद्घघाटन नेपालका कार्यकारी प्रधानमन्त्री के पी शर्मा ओलीले गरेका छन् ।
विशेष समारोहबीच शुरु भएको लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् ।

नेपाल लगानी सम्मेलन नाम दिइएको उक्त सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै ओलीले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको तर्क गरेका छन् ।

नयाँवर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्री आोलीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने धारणा व्यक्त गरे ।

सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्री ओलीले भने “गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ” ।

सम्मेलनमा सहभागि विदेशी र स्वदेशी पाहुनालाई असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्ताको रप्मा सम्बोधधन गरेका ओलीले लगानीका लागि पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिएका छन् ।

उनले नेपालमा उपलब्ध अवसरको भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए ।

लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको यथार्थ सुनाउँदै ओलीले नेपालको स्थिर सरकारले गरेको लगानी सुरक्षासहित मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन आग्रह गर्नुभयो ।

बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पूँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सम्वोधनमा नेपाल लगानीको लागि सुरक्षीत र उपयुत्तः भुमि भएको बताएका थिए ।
सम्मेलन उद्घाटन सत्रमा मन्त्रीहरु र सचिव तथा उच्च् पदस्थ कर्मचारीहरु उपस्थित रहेका थिए ।