कसले हाल्याे देउवालाई हदैसम्म कार्वाहीको माग गर्दै उजुरी ?
काठमाडौं, १५ चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्दै कांग्रेस कार्यालयमा उजुरी परेको छ ।

कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईँले पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन्।
सभापति देउवाले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाइँले कारबाहीको माग गर्दै बिहीबार उजुरी दर्ता गरेका हुन्।
बजगाईँले उजुरीमा ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन्। साथै दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट कमजोर बनाएको आरोप लगाएका छन्।
साथै प्रमुख प्रतिपक्षी दलका नेता भएर पनि सरकारको विवादित नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गराउन सक्रिय भूमिका निर्बाह गरेको भन्दै उनले उजुरीमा हदैसम्मको कारबाही गर्न अनुशासन समिति समक्ष माग गरेका छन्।
केन्द्रीय अनुशासन समितिले महासमिति सदस्य बजगाईँको उजुरीलाई ११५ नम्बरमा दर्ता गरेको छ।
देउवामाथि कारबाहीको माग गर्ने बजगाईं गोरखा क्षेत्र नम्बर १ भिमसेन थापा गाउँपालिका(१ मसेल निवासी हुन्। उनी गोरखाबाट तीन पटकसम्म महासमिति सदस्यमा निर्वाचित भइसकेका छन्। पछिल्लो प्रदेशसभा चुनावमा बजगाईं गोरखा क्षेत्र नम्बर १ ९ख०मा पराजित भएका थिए।
