
नेकपा अध्यक्ष प्रचण्ड श्रीमतीको उपचार पश्चात स्वदेश फर्किँदै
काठमाडौं, १४ चैत ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात अमेरिकाबाट आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

श्रीमती सिता दाहालको स्वास्थ्यमा सुधार आएपछि १० दिने अमेरिकी भ्रमणबाट आज अध्यक्ष प्रचण्डसहित उनका परिवार स्वदेश फर्किन लागेको हो ।
अमेरिकामा श्रीमती सीता दाहालको एचयनचभककष्खभ क्गउचबलगअभिबच एबकिथ ९एक्ए० रोगको स्वास्थ्य जाँच पश्चात अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेो प्रचण्डको सचिवालयले जनाएको छ ।
अमेरिकामा रहँदा प्रचण्डले नेपाल र अमेरिका बीचको सम्वन्ध सुदृढीकरणको दिशामा महत्वपूर्ण भेटघाटहरु गर्नुभएको थियो । उहाँले पुर्व अमेरिकी राजदुत डेलिसी लगायसँग भेट गर्नुका साथै अमेरिकामा रहेका नेपाली समुदाय र कुटनैतिक अधिकारीहरुसँग पनि अन्तरक्रिया र छलफल गर्नुभएको थियो ।
