माथिल्लो त्रिशुली–३ ‘बी’ को शेयर : प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०/२० कित्ता

काठमाडौं, १४ चैत ।
माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर वितरण गरिएको छ ।

सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर आज एक कार्यक्रमका बीच उर्जा मन्त्रालयमा वितरण गरिएको हो । उक्त आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ । भने उर्जा मन्त्री वर्षमान पुन अनन्तलाई पनि २० कित्ता नै शेयर परेको छ ।

जनताको जलविद्युत आयोजना कार्यक्रम सार्वजनिक समारोहमा नै पहिलो सेयर आफूले किन्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए । भने उर्जा मन्त्री पुनले १ हजार कित्ताको लागि आवेदन दिएका थिए । प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयर आवेदन दिएको भए पनि जम्मा २० कित्तामात्रै सेयर प्रधानमन्त्रीको भागमा परेको हो । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई पनि २० कित्ता सेयर परेको छ । मन्त्री पुनले १ हजार कित्ताका लागि आवेदन दिएका थिए ।

३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । सुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो ।
प्रधानमन्त्री ओली र उर्जा मन्त्री अनन्तले गोलाप्रथाद्वारा शेयर परिमाण प्राप्त गरेका हुन् ।