
राजतन्त्र र हिन्दु धर्मबारे यस्तो आयो शशांंकको स्पष्टिकरण
दाङ, १३ चैत ।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले राजतन्त्र र हिन्दु धर्मबारे आफूले बोलेको कुराको खण्डन गरेका छन् ।

धार्मिक स्वतन्त्रताको विषयमा आफू स्पष्ट भएको भन्दै केही दिन पहिले राजतन्त्र र धर्मको बारेमा आफूले नियतवश नबोलेको भनी कोइरालाले स्पष्टोक्ति दिएका हुन् । राजतन्त्र र हिन्दु धर्मका विषयमा उनले दिएको अभिव्यक्तिपश्चात कोइरालाको चौतर्फी आलोचना भएको थियो ।
नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले भने, ‘खै कसरी बोलियो, मान्नुस् न जिब्रो चिप्लियो, खै कसरी चिप्लियो चिप्लियो ।’
महामन्त्री कोइरालाले केही दिनअघि हिन्दू राष्ट्र र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह आवश्यक रहेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए। त्यस अभिव्यक्तिको कांग्रेस सभापति शेरबहादुर देउवाले नै आलोचना गरेपछि कोइरालाको यस्तो स्पष्टिकरण आएको हो ।
त्यस्तै महामन्त्री कोइरालाले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध नलगाएर वार्ताका माध्यमबाट उसलाई मूलधारमा ल्याउनु पर्ने बताएका छन् ।
विध्वंसात्मक गतिविधिलाई नेपाली कांग्रेसले कहिल्यै पनि साथ नदिएको भन्दै महामन्त्री कोइरालाले विप्लव नेतृत्व र उसका गतिविधिलाई प्रतिबन्ध लगाउँदा देशमा थप हिंसा जन्मने खतरा रहेको बताए ।
