सिंहदरबार घेर्ने इन्जीनीयर र नेप्से घेर्ने लगानीकर्तामाथि प्रहरीकाे दमन,

काठमाडौं, १२ चैत ।
सिंहदरबार घेर्न पुगेका इन्जिनियर र नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुमाथि प्रहरीले मंगलबार दमन गरेको छ ।

पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को भद्रकालीस्थित कार्यालयमा धर्ना दिन गएका सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ भने समायोजनका विषयमा असन्तुष्टि प्रकट गर्दै सिंहदरबार दक्षीण गेटमा पुगेका इन्जीनियरलाई पनि लाठी चार्ज गरेको छ ।

धर्नाका लागि पुगेका सेयर लगानीकर्ता दवाब समूह १० भन्दा बढी लगानीकर्तालाई पक्राउ गरेको बताइएको छ । गिरफ्तारमा परेका लगानीकर्तालाई अनामनगरस्थित प्रहरी वृत्तमा राखिएको छ ।
भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वार मंगलबार कार्यलय समयमा धर्ना शुरु गर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेयर बजार विकास र विस्तारका ३२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका लगानीकर्ता पक्राउ परेपछि प्रहरी हिरासतमै भोक हड्ताल शुरु गरेका छन् ।

उनीहरुले माग पूरा नभएसम्म हिरासत मुक्त नहुने अडान समेत राखेका छन् । लगानीकर्ताको दबाब समूहले सोमबार नेप्से कार्यलय अगाडि कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनसन सुरु गरेका थिए ।