
विप्लव नेकपाका जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ
नवलपरासी, १२ चैत –
– नवलपरासीमा प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनीयालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।
स्थानीय बासिन्दाका अनुसार उनलाई घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा राखेको छ ।
