
विवादास्पद रात्री भोजमा ३० लाख सरकारी खर्च !
काठमाडौं, १२ चैत- :
बहुचर्चित तथा विवादास्पद युनिभर्सल पिस फाउण्डेसन (युपिएफ) ले गत मंसिर १४ देखि १६ गतेसम्म काठमाडौं आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकारले ठूलो रकम खर्च गरेको देखिएको छ।

सम्मेलनको क्रममा गरिएको रात्री भोजमा समेत नेपालले सरकारको तर्फबाट ३० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरिएको छ।
पुस महिनामा मात्रै सरकारले एसिया प्यासिफिक सम्मेलनको अतिथि सत्कारको नाममा जंगी अड्डालाई ३८ लाख ९१ हजार रकमान्तर गरी उपलब्ध गराएको थियो भने भैपरी आउने खर्चको नाममा १० लाख ९३ हजार रुपैयाँ उपलब्ध गराएको थियो। यो हिसावले सरकार आयोजक नरहेपनि एसिया प्यासिफिक सम्मेलनमा सरकार एक करोड रुपैयाँ बराबरको खर्च भएको छ।
