विप्लव नेकपा: हेमन्त अाेली पक्राउ, प्रकाण्ड एक्लिए
काठमाडौं , १० चैत –
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समस्यामा परेकाे छ । अाफ्ना नेता कार्यकर्ताहरू धमाधम राजधानी र अासपासबाट पक्राउ पर्न थालेपछि समस्या बढेकाे हाे ।
उक्त पार्टीका उच्च नेता हेमन्त प्रकाश अाेली काभ्रेबाट पक्राउ परेपछि अब के हुने भन्नेमा समस्या पैदा भएको हाे । त्सैगरी विप्लवका अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ – सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलबस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो ।
स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्यो ।