
समायोजनमा जाने प्रहरीलाई विशेष सुविधाकाे प्रस्ताव
काठमाडौं –
सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ । प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारबाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।

‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।
गृहमन्त्री रामबहादुर थापले सरकारी सेवामा कार्यरत कर्मचारीलाई सरकारले कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन यो विधेयक ल्याइएको उल्लेख गर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
