पर्यटक भित्र्याउन दाेर्दी गाउँपालिकामा पदमार्गको सम्भाव्यता अध्ययन


विमला अधिकारी, चैैत-
दोर्दी गाउँपालिकामा पर्यटक भित्र्याउन गाउँपालिका भित्रको पर्यटक पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

प्रदेश सांसद धनञ्जय दवाडी, गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङ, उपाध्यक्ष दिल बहादुर घले, मुनोलिस एडभेन्चर ट्राभल्सका डाइरेक्टर युवराज अधिकारी, अध्यक्ष राजेन्द्र राज वस्ती, समाजसेवी विरसिंह घले लगायतको २५ जनाको टोलीले पदमार्गको सम्भाव्यता अध्ययन गरेको हो । टोलीले गाउँपालिकाको कार्यलय नौथर सेराबाट इलमपोखरी, लामागाउँ, ढोडेनीको लेपेफेदी हुदैँ जुमडाँडाको घलेदरवार लगायतको पदमार्गको अध्ययन गरेको हो ।
सम्भाव्यता अध्ययन अवलोकन टोलीमा सहभागि सांसद दवाडीले यो पदमार्ग घोडेपानी घान्द्रुक पदमार्ग भन्दा उपयुुक्त रहेको बताउनुभयो ।

यो पदमार्गमा हरियाली बनजङ्गल, सेता हिमाल, बसन्त ऋतुमा प्रकृतिको मनोरम दृश्यावलोकन, राताम्मे लालीगुराँस लगायत थुप्रै हेर्नलायक मनमोहक दृश्य भएकाले यसको प्रवर्दन हुनसके पर्यटक भित्रयाउन सक्ने बलियो आधार बन्ने बताउनुभयो ।
पर्यटन प्रर्वद्धन गरी समृद्व गाउँपालिका निर्माणका लागि पदमार्गको सम्भाव्यता अध्ययन गरिएको र अवलोकनमा सहभागि मुनोलिस एडभेन्चर ट्राभल्स डाइरेक्टरले यो पदमार्ग एकदमै उपर्युक्त रहेको निर्षक निकालेको बताउनुभयो ।
सो भ्रमण टोलीमा वडाध्यक्ष, स्थानिय बुद्धिजीवी, समाजसेवीहरुको पनि सहभागिता रहेको थियो ।