
पुल शिलान्यास गर्दै नेता पौडेलले भने–सरकारले विकासका काम नै शुरु गरेन
दमौली, ७ चैत ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पक्की पुलको शिलान्यास गर्दै विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटरेबल पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाएका हुन् । उनले काङ्ग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अलपत्र अवस्थामा रहेको आरोप र गुनासो समेत व्यक्त गरे ।
