कर्णाली करिडोरमा यातायात सञ्चालन, उत्साहसँगै दुर्घटनाको त्रास

बाजुरा, ७ चैत
कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ । जिल्लाको महत्वपूर्ण मार्गका रूपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई पनि उक्त सडकखण्डले सहज बनाउने भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको २ सय ८५ किलोमिटर लामो सो करिडोरको सो खण्ड निर्माण सम्पन् गरी सञ्चालनमा ल्याइएको हो ।

करिडाेर सञ्चालनमा आएपछि स्थानियको दैनिकी सहज हुने उत्साहसँगै कच्ची सडकमा हुने दुर्घटनाले निम्त्याउने त्रास पनि बढेको छ । तर त्रास भन्दा आश नै बढि भएको सथानियले बताएका छन् ।