प्रचण्डलाई अमेरिकामा उच्च सम्मान, सरकारले दियाे नाे इन्भेष्टिगेशन अादेश

काठमाडौं, ६ चैत – नेकपा अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकामा उच्च सम्मान गरिएको छ । जीवन संगिनी सीता दाहालकाे उपचारको क्रममा अमेरिका पुगेका प्रचण्डलाई त्यहाँ रहेका नेपाली दुतावास र नेपनलीहरूले उच्च स्वागत र सम्मान गरेका हुन् ।

अध्यक्ष प्रचण्डलाई अमेरिकी सरकारले पनि उच्च महत्त्व र सम्मान व्यक्त गरेकाे छ । प्रचण्ड नेपालकाे शान्ति प्रक्रियाकाे नेता भएको भन्दै अमेरिकाले प्रचण्डमाथि कुनै पनि अनुसन्धान नगर्न सबै निकायमाा नाे इन्भेष्टिगेशन नाेटिश जारी गरेकाे छ । यस्तो नाेटिश अत्यन्त महत्त्व र उच्च सम्मान दिईने नेताहरूलाई मात्रै जारि गरिन्छ । यसअघि साेनिया गान्धी र नरेन्द्र माेदी अमेरिका जाँदा यस्तो नाेटिश जारि गरिएको थियाे । यसले प्रचण्डलाई अमेरिकी सरकारले उच्च महत्त्व र सम्मान दिएकाे पुष्टि हुन्छ एक अमेरिकामा रहेका विश्लेषकले बताए ।

प्रचण्ड पत्नी सीता दाहालकाे गम्भीर राेगकाे उपचारका लागि अमेरिकाकाे अस्पताल पुगिसकेका छन् ।