
साँस्कृतिक प्रतिराेध दिवस : के भएको थियाे अनेकाेटमा ?
काठमाडौं , ५ चैत –
अनेकोटका महान् सहिदहरू लाल सलाम ! याे नारा अाजकै दिन हत्या गरिएका ७ जना कलाकारकाे सम्झनामा देशैभर देखिएका छन् ।

अाज चैत ५ गते । जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ ।
महासङ्घले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यो दिवसलाई मनाउँदै आएको छ । तत्कालीन समयमा प्रहरीको एक जत्थाले च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए ।
अाज काभ्रेको अनेकाेटमा विशेष कार्यक्रमका साथ याे दिवस मनाईँदैछ ।
