
इन्डोनेसियामा भिषण बाढी र पहिरो, ७७ को मृत्यु, ११६ घाइते
जाकार्ता, ४ चैत
इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा ११६ जना घाइते भएका छन् ।

उद्धार प्रयास जारी रहेको एक स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिएका समाचारमा बताइएको छ ।
स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौँ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकामध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।
बाढीले दर्जनौँ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।
