
भरतपुर महानगरलाइ शिक्षाकाे क्षेत्रमा पनि पहिलाे बनाउँछाैं- रेणु दाहाल
चितवन, चैत ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाइ शिक्षाकाे क्षेत्रमा पनि पहिलाे बनाउने बताएकी छिन् ।

आजको आवश्यकता प्राविधिक शिक्षा रहेको बताएकी छन् । स्कुल अफ हेल्थ साइन्स भरतपुर र भरतपुर महानगरपालिकाको समन्वयमा वडा नं ९ मा सञ्चालन हुन लागेको सीपमूलक मन्टेश्वरी तालिमको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर महानगरलाई शैक्षिक हबको रुपमा विकास गरिने बताइन् ।
कार्यक्रममा उनले दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षाको आवश्यकता भएको हुँदा भरतपुर महानगरले त्यस्तो शिक्षालाई प्राथमिकता दिइरहेको बताएन् । कार्यक्रममा महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरपालिका वडा नं २३ मा प्राविधिक शिक्षालय बनाउने प्रक्रिया अघि बढेको छ ।’
