
सुरक्षा निकाय भन्छ – विप्लव र प्रकाण्ड पहुँचभित्रै
काठमाडौं, ४ चैत-
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ ।

हाल सिन्धुलीमा रहनुभएका बिप्लवको गतिबिधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।
केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहांहरुको कदम अहिले सम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई विप्लवको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।
सो पार्टीका प्रवक्ता समेत रहनु भएका बिश्वकर्मा अहिले दाङमा रहनु भएकाले उहांको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
