कलंकी मालपोतमा मन्त्रीको छड्के, डिजिटल बन्दैछन् मालपोत

काठमाडौं, ३ चैत ।
भुमिसुधार मन्त्री पद्यमा अर्यालले कलंकीमा रहेको मालपोत कार्यालयको अनुगमन गरेकी छिन् । देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ । त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ ।

हाल कलंकी मालपोत कार्यालयमा पुराना दस्तावेजलाई स्क्यानिङ गरेर कम्युटरमा राख्ने काम भइरहेको छ ।कलंकी मालपोत कार्यालयमा हाल सुधारका कामहरु भइरहेको छ । मुख्य कार्यकक्षमा ओपन अफिस सिस्टम अवलम्बन गर्ने र जसमा कार्यकक्ष सबैले देख्ने किसिमको पारदर्शी हुने मन्त्रालयले जनाएको छ ।

ओपन अफिस सिस्टमको पारदर्शी कार्यकक्षहरुमा कर्मचारीले के काम गरिरहेका छन् भनी सेवाग्राहीले जानकारी पाउनेछन् ।कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन सेवा लिने क्रममा प्रतीक्षालयको व्यवस्था, तातो चिसो खानेपानीको उपलब्धता र महिला पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।जग्गा लेनदेन गर्दा कसैको सहयोग नचाहिने व्यवस्था गरिने भूमिसुधार मन्त्रालयले जनाएको छ ।