
नेकपा अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै
काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड, स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेज मार्फत अमेरिका प्रस्थान गर्नुहुने सचिवालयले जनाएको छ । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको उपचार हुनेछ ।
अध्यक्ष प्रचण्ड यस अघि श्रीमती सिताकाे उपचारको लागि थाइल्यान्ड र नेपालकै म्याग्दीको तातोपानी समेत गएका थिए ।
