
कांग्रेसले लियाे विप्लवकाे पक्ष : काँग्रेस सचेतक भन्छन् सरकारले अन्याय गर्याे
रुपन्देही, ३ चैत –
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने काम गरेको अाराेप लगाएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँडले भने, सरकारले संवाद र छलफलको ढोका बन्द गरेर जवरजस्त भूमिगत बनाउने काम गरेको छ । उनले यस निर्णयले विप्लव माथि अन्याय भएको बताए ।
सरकारले वार्ता संवादकै माध्यमबाट समस्याको समाधान गर्नु पर्छ- नेता खाँडले भने । विप्लव पनि विद्रोह छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु पर्ने र सरकारले पनि शान्तिको बाटो बन्द गर्न नहुने उनको भनाई थियो ।
मुलुकको एकता र अखण्डता प्रतिकुल हुनेगरी गतिविधि गर्दै आएका सिके राउत मुल धारको राजनीतिमा आउनु राम्रो भएपनि सरकारसँगको सम्झौता पछि पनि पुरानै गतिबिधि गर्नुले आशंका उत्पन्न गराएको बताए ।
