सुनसरीमा माइक्रोबस दुर्घटना, ८ घाइते
सुनसरी, २ चैत –
सुनसरीमा यात्रु बोकेको हायस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

सुनसरीको कोशी गाउँपालिका ७ हरीपुरमा काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा ४ ख ४१६ नम्बरको हायस अनियन्त्रित भइ पल्टिंदा ८ जना घाइते भएको प्रहरीले जनाउको छ । प्रहरीका अनुसार उक्त हायसमा ११ जना यात्रु सवार थिए ।
घाइतेहरु सबैलाई तत्कालै उद्धार गरी धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । दुर्घटनामा घाइतेहरुको नाम संकलन गर्ने काम भइरहेको पनि प्रहरीले जनाकाकारी दिएको छ ।
