प्रचण्ड मरेपनि हुन्छ भन्ने रवि लामिछाने पत्रकार कि अपराधी ?
काठमाडाैँ, २ चैत –
पत्रकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरले निकृष्ट गालीगलाैज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेमाथि कारबाहीको माग गरेका हुन ।

वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन । बस्नेतले प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? भन्ने प्रश्न समेत गरेका छन ।
बस्नेतले लेखेका छन ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनलेे आफुलाई कसरी स्पष्ट गर्छन् ? उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय वनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।’
