विप्लव नेकपाका पिविएम माेहन कार्की जिवन्त गिरफ्तार

काठमाडौं , २ चैत – सरकारले गतिविधिमाथि प्रतिवन्ध घाेषणा गरेकाे नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाेलिट्व्युराे सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले गिरफ्तार गरेको छ । 

शुक्रबार राति ललितपुरको च्यासलमा रहेको कोठाबाट कार्कीलाई पक्राउ गरिएको पारिवारिक श्राेतले जानकारी दिएको छ । उहाँकी श्रीमती सिताले जानकारी दिए अनुसार औषधि किन्न नजिकैको पसलमा गएर कोठामा फर्कने बित्तिक्कै सादा पोशाकमा पुगेका प्रहरीले कार्कीलाई पक्राउ गरेेेेका हुन् । कार्की नेकपाकाे जनवर्गिय विभागका ईन्चार्ज थिए ।

कार्कीलाई पक्राउ गरिएको बारे नेपाल प्रहरीले भने अाधिकारिक पुष्टि गरेकाे छैन । प्रवक्ता एसएसपी उत्तमराज सुवेदीसँग बुझ्दा आफूलाई जानकारी नभएको बताएक छन् । 

यसअघि पनि पक्राउ परेका कार्की सर्वोच्च अदालतको आदेशपछि रिहा हुनुभएको थियो । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि गएको मंगलबार सरकारले प्रतिबन्ध लगाएको छ । उसका गतिविधिमा प्रतिबन्ध लगाए पनि सरकारले पटक–पटक वार्तामा आउन आह्वान गर्दै आएको छ ।