विप्लवले मलाई मारेर क्रान्ति हाेला त ? – प्रचण्ड
काठमाडौं, ३० फागुन –
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफूलाई मारेर विप्लव समूहले क्रान्ति गर्ने गर्ने कुरा गरेकाे देख्दा दया लाग्ने बताएका छन् ।

सरकारले दिएको जानकारीमा विप्लव समुहले मार्ने व्यक्तिको लिष्टमा पहिलो नम्बरमा राखेकाे बताउँदै उनले भने मेराे सचिवालयमा बसेका तिनै साथीले मलाई मारेर परिवर्तन र गणतन्त्र जाेगिन्छ र ?
नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक प्रचण्डले सार्वजनिक मञ्चबाट विप्लवबारे बोलेका हुन् । तर, प्रतिबन्धबारे केही भनेनन् ।
बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको भन्दै प्रचण्डले भनेका छन्, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे सुनाउनुभयो ।’
‘म मारेर यो परिर्वतन बच्ने हो त ? मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ’ उनले अघि भने ।
