
ईथियाेपिया विमान दुर्घटनामा गाेरखाकी एकताको निधन
काठमाडौं , २७ फागुन –
आइतबार भएको इथियोपिन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ।मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन्।
इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै थिइन्।डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन्।दुर्घटनाग्रस्त उक्त विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख थियो।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो। केन्याको स्ट्यान्डर्ड मिडिया अनलाइनले पनि दुर्घटनाग्रस्त विमानमा ‘एकजना नेपाली नागरिक पनि रहेको’ लेखेको छ।दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जनाएको छ। विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको जनाइको छ।
पीडितको विवरण भने सार्वजनिक गरिएको थिएन्। एब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएको ती अधि कारीले उल्लेख गरे। विमान दुर्घटनाबारे ट्विट गर्दै इथियोपियन एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गर्दै त्यसमा एक नेपाली नागरिक पनि परेको जनाएको थियो।केन्याको नैरोबीका लागि उडेको उक्त जहाज इथियोपियाको बिसो फ्टुमा दुर्घटनामा परेको हो।
त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।
