
ग्याँस उद्योगीसँग वार्तापछि अान्दोलन फिर्ता, हट्याे ग्याँसकाे समस्या
काठमाडौं, २२ फागुन –
ग्याँस उद्योगीहरूकाे अान्दोलन फिर्ता भएको छ । सरकारकाे तर्फबाट उद्योग, वाणिज्य तथा अापुर्ती मन्त्रीकाे पहलमा अायल निगम र ग्याँस उद्योगीबीच भएकाे वार्तामा भएको सहमति अनुसार अान्दोलन फिर्ता भएको हाे ।

सहमति अनुसार समस्या समाधानकाे लागि उच्चस्तरीय समिति गठन गर्ने र अायल निगम सञ्चालक समितिले फागुन १७ गरे गठन गरेकाे कार्यदलले १५ दिनभित्रै सुझाव प्रतिवेदन दिने समझदारी भएकाे छ ।
अायल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पाैडेल र उद्योगीबा तर्फबाट गाेकुल भण्डारीले हस्ताक्षर गरेकाे सहमतिपत्रमा मंगलबारदेखि नै अान्दोलनका कार्यक्रम फिर्ता लिईएकाे बताईएकाे छ ।

