
माझी समुदायले देशभर मनाए लदी पर्व
काठमाडौं , २१ फागुन –
सदिअाैं देखि राज्यको उत्पिडन खेपिरहेका सिमान्तकृत माझी समुदायले अाफ्नाेे महान् पर्व लदी पुजाकाे अवसरमा देशभर विविध कार्यक्रम गरेर मनाएका छन् । माझी जातिले हरेक वर्षको फागुन महिननाकाे तेस्रो अर्थात साहिँली मंगलबार लदी पर्व मनाउने गर्दछन् ।

विशेष गरेर खाेला नजिक वस्ने र खाेलाकै माछा मार्ने र डुंगा चलाउने पेशामा अाधारित भएर जीवनयापन गरेर रहेका माझी समुदायले नदिकै पुजा गर्ने भएकाले यस पर्वलाई लदी पर्व भनिएकाे माझी राष्ट्रिय मुक्तिमोर्चाकि महासचिव उर्मिला माझीले बताईन् । उनले यस पर्वकाे अवसरमा माझी समुदायले देशभर शुभकामना अादानप्रदान गरेकाे बताईन् ।
काठमाडौं उपत्यकामा रहेका माझी समुदायले भक्तपुरको मनाेहरा चाैरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम अायाेजना गरिएको थियाे । उक्त कार्यक्रममा बाेल्दै महा सचिव माझीले राज्यले माझी समुदायकाे भावना सम्वाेधन गर्न नचाहेकाे बताउँदै लदी पर्वलाई राष्ट्रिय पर्वमा सुचिकृत गर्नुपर्ने बताईन् । उनले माझी जाती एकतावद्व भएर अाफ्नाे समुदायको विकास र प्रगतिमा लाग्नुपर्ने बताईन् ।
कार्यक्रममा माझी समुदायका युवा व्यवसायी घनश्याम माझी, हर्क माझी लगायतले शुभकामना मन्तव्य दिएका थिए । हर्क बहादुर माझीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा बहादुर माझीले सञ्चालन गरेका थिए ।

त्यसैगरि मकवानपुरकाे जुईनामा विशेष कार्यक्रम गरी लदी पर्व मनाईएकाे माझी राष्ट्रिय मुक्तिमोर्चाकि सचिवालय सदस्य लक्ष्मी माझिले बताईन् । माझी उत्थान संस्थान संघकाे अायाेजनामा सम्पन्न कार्यक्रममा पत्रकार कृष्ण सारू मगरलाई सम्मान गरिएको थियाे ।

त्यसैगरि रामेछाप, सुनसरि, उदयपुर, झापा, माेरङलगायतका विभिन्न जिल्लामा पनि लदी पर्व विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाईएकाे छ ।
