राहत शिक्षकद्वारा विद्यालय बन्दकाे घाेषणा : पढाउन जानुस् – मन्त्रालय

काठमाडौं ।

राहत तथा बालबिकास शिक्षकहरूले अाफ्नाे अान्दोलनमा सरकारले चरम दमन गरेको भन्दै अाज मंगलबारदेखि शिक्षण हड्ताल अायाेजना गरेका छन् ।

अाफूहरूलाई स्थायी गर्नुपर्ने लगायत माग राखी अान्दोलनमा उत्रिएका उनीहरूलाई बानेश्वरमा हाईतबार र साेमबार चरम दमन गरेकाे उनीहरूकाे दावी छ । सरकारले शिक्षकहरूले निषेधित क्षेत्र ताेड्न खाेजेकाले दमन गरेकाे बताएको छ । राहत तथा बाल बिकास शिक्षक संघर्ष समितिले फागुन २१ गतेदेखि सार्वजनिक विद्यालय बन्दकाे घाेषणा गरेपछि शिक्षा मन्त्रालयले अान्दोलन छाडेर पढाउन जान अाग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो ।

शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरेका छन् ।