खुल्याे पत्नीपीडितका लागि अाश्रम : यस्ता छन् शर्त

काठमाडौं , २० फागुन –

पछिल्ला दिनहरुमा समाजमा महिला पिडित भएका खबरहरु आउँछन् । पतिबाट पिडित भएका महिलाको लागि विभिन्न आश्रय दिएर राखेको खबर त हामीले धेरै मात्रामा पाएका छौं । तर, भारतमा भने पत्नी पिडित पुरुषहरुको लागि समेत आश्रय स्थापना भएको छ ।

महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बाइ हाइवे छेउमा यो आश्रम रहेको छ । आश्रयभित्र थर्मोकोलबाट एउटा ठूलो आकारमा निर्माण गरिएको कागको आकृतिलाई हरेक बिहान तथा बेलुका पूजा गरिने गरिन्छ ।

पिडितहरुको मान्यता अनुसार पोथी काग फूल पारेर उडेर जान्छ तर भाले काग बच्चाको पालन पोषण र फूलको हेरचाह गर्ने भएकाले यस्तै अवस्था पत्नी पिडित पुरुषहरुको हुने भन्दै उनीहरुले कागको मूर्तिमा पूजा गर्ने गरेका हुन् । भारतका फुलारे नामका व्यक्तिले आश्रमको स्थापना गरेका हुन् । उनकी पत्नीले उनीमाथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता गरेकी थिइन । पत्नी बाट पिडित उनी जस्तै ४ जना साथीसँग मिलेर सन् १९१६ को पुरुष पिडित दिवसको दिन आश्रमको सरुवात गरिएको हो ।

आश्रममा ३ वटा कोठा रहेका छन् । आश्रममा बस्ने मानिस सामुहिक रुपमा बस्दछन् र आफ्नो खाना आफै बनाउँछन् । सल्लाह लिन आउने हरेक मानिसलाई खिचडी बनाएर खुवाइन्छ । उक्त आश्रममा पत्नी पिडित पुरुषहरुलाई आश्रय दिनुको साथै कानुनी लडाई लड्नको लागि समेत सल्लाह सुझव दिइन्छ । हरेक शनिवार तथा आइतबार पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ ।

यो आश्रममा सुरुमा केवल नजिकका सहरका पुरुषहरु आउने गरेका भएपनि अहिले छत्तिसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन् । यो आश्रममा बस्ने योग्यताका लागि पत्नी पीडितहरुका केही मापदण्ड तोकिएको छ । जस अनुसार पत्नीद्वारा कम्तिमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँदछन् । एजेन्सी